२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २२ गते शनिबार ०९:३६

काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुन थाइल्याण्ड गएका प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) स्वदेश फर्किँदैछन् । ओली नेतृत्वको प्रतिनिधि मण्डल शनिबार दिउँसो स्वदेश फर्किने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । थाइल्याण्डकी...

काठमाडौं ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन थाइल्याण्ड गएका प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) स्वदेश फर्किँदैछन् । ओली नेतृत्वको प्रतिनिधि मण्डल शनिबार दिउँसो स्वदेश फर्किने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ‘बिमस्टेक’को छैटौँ शिखर सम्मेलनमा भाग लिन ओली चार दिनअघि बैंकक गएका थिए ।

बैंककमा रहँदा ओलीले बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गरे । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता पनि गरे । त्यसका साथै बिमस्टेक राष्ट्रका समकक्षीहरुसँग उनले छलफल समेत गरेका थिए ।

प्रकाशित मिति २०८१ चैत २२ गते शनिबार ०९:३६
हजुरको प्रतिक्रिया