२०८३ साउन २१ गते बिहीबार

नेपाल-भारतबीचको सम्बन्ध बहुआयामिक छः उपमहासचिव ज्ञवाली

नेपाल-भारतबीचको सम्बन्ध बहुआयामिक छः उपमहासचिव ज्ञवाली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २४ गते सोमबार ०४:१४

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल–भारतबीको सम्बन्ध बहुआयामिक रहेको बताएका छन् । गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री...

काठमाडौं ।

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल–भारतबीको सम्बन्ध बहुआयामिक रहेको बताएका छन् ।

गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पु¥याउनुभएको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल र भारत नजिकका साथी भएको कारण कुनैपनि विषयमा रहेका समस्याहरु संवादमार्फत समाधान गर्न सकिने उल्लेख गरे । विश्व परिस्थितिमा आएको गतिशीलताले नेपाल–भारतसँगै दक्षिण एशियालाई नै सहकार्य र पारस्परिक समझदारीको बाटोमा अगाडि बढ्नको लागि आह्वान गरिरहेको उनको भनाइ छ । नेपालको विकास र छिटो रुपान्तरण हुने चाहनामा भारत अझै उदार भएर सहयोगी बन्नुपर्नेमा उनको जोड छ ।

फरक प्रसंगमा बोल्दै उपमहासचिव ज्ञवालीले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र मात्र हुनसक्ने बताएका छन् ।

प्रकाशित मिति २०८१ चैत २४ गते सोमबार ०४:१४
हजुरको प्रतिक्रिया