२०८३ साउन २१ गते बिहीबार

भारतका केही भागहरूमा अत्याधिक गर्मीको चेतावनी

भारतका केही भागहरूमा अत्याधिक गर्मीको चेतावनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २५ गते मंगलबार १०:३३

भारतको पश्चिमी राज्य गुजरातले सबैभन्दा गम्भीर अवस्थाको सामना गर्ने अपेक्षा गरिएको छ ।

एजेन्सी\सिन्ह्वा ।

भारतीय मौसम विज्ञान विभागले गुजरातको सौराष्ट्र र कच्छ क्षेत्रहरूमा अत्यधिक गर्मीका कारण रेड अलर्ट जारी गरेको छ ।

यसका साथै त्यहाँ उच्च तापक्रमको चेतावनी दिइएको छ । भारतको पश्चिमी राज्य गुजरातले सबैभन्दा गम्भीर अवस्थाको सामना गर्ने अपेक्षा गरिएको छ ।

मौसम विभागलले सौराष्ट्र र कच्छमा अत्याधिक गर्मीको पूर्वानुमान गरेको छ ।

दिल्लीमा अधिकतम तापक्रम ३८.२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । जुन मौसमी औसतभन्दा लगभग तीन डिग्री बढी हो ।

प्रकाशित मिति २०८१ चैत २५ गते मंगलबार १०:३३
हजुरको प्रतिक्रिया