२०८३ असोज २७ गते मंगलबार

मन्त्रीपरिषद्बाट वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित

मन्त्रीपरिषद्बाट वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २५ गते मंगलबार १२:४६

मन्त्रीपरिषद्ले वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित गरेको छ । सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित गरेको हो । मंगलावार काठमाडौंमा आयोजित एक कार्यक्रममा...

मन्त्रीपरिषद्ले वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित गरेको छ ।

सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित गरेको हो ।

मंगलावार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक पूर्वाधार निर्माणमा समेत देश र विदेशको निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले हालै मात्र वैकल्पिक विकास वृत्तसँग सम्बन्धित एउटा विधेयक तयार पारेको बताए ।

उक्त विधेयकलाई सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले पारित गरेको समेत अर्थमन्त्री पौडेलले जानकारी दिए ।

उनकोअनुसार सरकारले छिटै उक्त विधेयक संसदमा प्रश्तुत गर्नेछ । विधेयक संसदबाट छिटो भन्दा छिटो पारित होस् भन्ने सरकारको चाहना रहेको उपप्रधानमन्त्री पौडेलको भनाइ छ ।

विधेयक पारित भएसँगै स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई सार्वजनिक पूर्वाधरहरुमा लगानीका लागि आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे ।

विधेयकले पूर्वाधार विकासमा रहेको श्रोत व्यवस्थापनको चुनौतिाई समेत समाधान गर्न सहज हुने बताए ।

सरकारले सरकारी कोषमा निर्भर भएर मात्रै सार्वजनिक पूर्वाधार विकासमा श्रोत व्यवस्थापनको आवश्यकता पूरा गर्न नसक्ने बताए ।

अर्थमन्त्री पौडेलले भने, ‘पछिल्लो दिनमा हामीसँग सार्वजनिक पूर्वाधार विकासको सन्दर्भमा जुन प्रकारको श्रोत व्यवस्थापनको चुनौति सिर्जना भएको छ । गभर्मेण्टको ट्रेजरीमाथि मात्रै निर्भर भएर हामीले पूर्वाधारको क्षेत्रमा जे जस्ता आवश्यकताहरु छन्, ति आवश्यकता पूरा गर्न सम्भव छैन भन्ने सच्चाईलाई महशुस गरीकन सार्वजनिक पूर्वाधार निर्माणमा समेत देश र विदेशको निजी क्षेत्रलाई आकर्षित गर्न हिसावले सरकारले हालैमात्र वैकल्पिक विकास वृत्तसँग सम्बन्धित एउटा विधेयक तयार गरेको छ । मन्त्री परिषद्ले हिजो मात्रै त्यो विधेयक पारित गरेको छ । हामी छिटै यो विधेयकलाई संसदमा प्रश्तुत गर्नेछौँ । संसदबाट यो विधेयक छिटो भन्दा छिटो पारित होस् भन्ने सरकारको चाहना छ । यो विधेयक पारित भएसँगै निजी क्षेत्रलाई देश र दुनियाँका लगानीकर्ताहरुलाई सार्वजनिक पूर्वाधारमा राम्रो प्रतिफल दिने सार्वजनिक पूर्वाधारहरुमा लगानीका लागि आकर्षित गर्न सकिन्छ । र पूर्वाधार विकासमा जुन प्रकारको श्रोत व्यवस्थापनको चुनौति छ, ति चुनौतिलाई समाधान गर्न सहज हुनेछ ।’

उपप्रधानमन्त्री पौडेलले देशभित्रै सुन्दर भविष्य बनाउन सकिन्छ भन्नेकुरालाई आत्मसाथ गरेर अध्ययन गर्न विद्यार्थीलाई आग्रह गरे ।

प्रकाशित मिति २०८१ चैत २५ गते मंगलबार १२:४६
हजुरको प्रतिक्रिया