२०८३ साउन २१ गते बिहीबार

आणविक तनावकाबीच ट्रम्पद्वारा इरानसँग प्रत्यक्ष वार्ताको घोषणा

आणविक तनावकाबीच ट्रम्पद्वारा इरानसँग प्रत्यक्ष वार्ताको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २५ गते मंगलबार ०१:३३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो आणविक कार्यक्रममा प्रत्यक्ष उच्चस्तरीय वार्ताको घोषणा गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग ह्वाइट हाउसमा भएको भेटघाटको...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो आणविक कार्यक्रममा प्रत्यक्ष उच्चस्तरीय वार्ताको घोषणा गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग ह्वाइट हाउसमा भएको भेटघाटको क्रममा यो घोषणा आएको हो ।

उनले आगामी शनविार धेरै उच्चस्तरीय अधिकारीहरू सम्मिलित ठूलो बैठक हुने कुरा पनि खुलासा गरे । ट्रम्पले आफूहरु इरानसँग प्रत्यक्ष वार्ता गरिरहेको बताए।

वार्ता सफल हुने र सफल भएको खण्डमा इरानको सर्वोत्तम हित हुने जिकिर गरे ।

ट्रम्पको यो घोषणा महिनौंदेखि इरानमाथि बढ्दो दबाबपछि आएको हो । जसमा तेल निर्यातमा कडा प्रतिवन्ध र सैन्य कारबाहीको धम्की समावेश छ ।

जबकि इरानका सर्वोच्च नेता अली खामेनीले ट्रम्पले आफ्नो अधिकतम दबाब नीति कायम राखेसम्म संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने कुरालाई अस्वीकार गरेका छन् ।

घोषणामा उपस्थित नेतान्याहूले वार्ताको बारेमा शंका व्यक्त गरे । इरानले अझै वार्तामा आफ्नो सहभागिता पुष्टि गरेको छैन ।

प्रकाशित मिति २०८१ चैत २५ गते मंगलबार ०१:३३
हजुरको प्रतिक्रिया