२०८३ साउन २१ गते बिहीबार

वार्ता र संवादमा आउन आन्दोलनरत शिक्षक महासंघलाई सरकारको आग्रह

वार्ता र संवादमा आउन आन्दोलनरत शिक्षक महासंघलाई सरकारको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २६ गते बुधबार ०९:२५

यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफलमा बोलाए पनि शिक्षक महासंघ गएको थिएन । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू निरन्तर आन्दोलनमा छन् ।

काठमाडौं ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै काठमाण्डौमा प्रदर्शन गर्दै आएको नेपाल शिक्षक महासंघलाई सरकारले फेरि वार्ताका लागि बोलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले हिजो विज्ञप्ति निकालेर शिक्षक महासंघलाई वार्ता र संवादमा आउन आग्रह गरेका हुन् ।

यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफलमा बोलाए पनि शिक्षक महासंघ गएको थिएन । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू निरन्तर आन्दोलनमा छन् ।

चैत २० गतेदेखि माइतीघर–बबरमहल क्षेत्रमा शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।

महासंघले सोमबारदेखि शैक्षिक हडतालसमेत घोषणा गरेको छ । शिक्षकहरूले हिजो दिउँसो टर्च लाइट बालेर प्रदर्शन गरेका छन् ।

बानेश्वर–बबरमहल सडक खण्डमा भेला भएका शिक्षक–कर्मचारीहरूले दिउँसै मोबाइलको टर्च बालेर सरकार खोज्दै साङ्केतिक विरोध गरेका हुन् ।

यसअघि शिक्षकहरूले सडकमा सुतेर, सिठी बजाएर तथा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति २०८१ चैत २६ गते बुधबार ०९:२५
हजुरको प्रतिक्रिया