२०८३ असोज २५ गते आइतबार

नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा आजदेखि गाडी बन्द गरेर काम हुँदै

नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा आजदेखि गाडी बन्द गरेर काम हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २६ गते बुधबार ०९:५३

सडक विभागको आयोजना निर्देशनालयले गाडी बन्द हुने समयमा रोक्ने ठाउँसमेत सार्वजनिक गरेको छ ।
आयोजनाका अनुसार नारायणघाटबाट बुटवलतर्फ जाने यात्रुवाहक गाडी होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजार खण्डसम्म रोक्न पाइने छ ।

पोखरा ।

नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा आजदेखि गाडी बन्द गरेर काम हुने भएको छ ।

आजदेखि चैत्र ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजेसम्म र वैशाख एक गतेदेखि १५ वैशाखसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी रोक्ने निर्णय भएको हो ।

सडक विभागको आयोजना निर्देशनालयले गाडी बन्द हुने समयमा रोक्ने ठाउँसमेत सार्वजनिक गरेको छ ।

आयोजनाका अनुसार नारायणघाटबाट बुटवलतर्फ जाने यात्रुवाहक गाडी होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजार खण्डसम्म रोक्न पाइने छ ।

मालवाहक गाडीलाई चोरमारा–अरुणखोला खण्डमा रोक्नको लागि ठाउँ छुट्याइएको छ ।

त्यस्तै बुटवलबाट नारायणघाटतर्फ जाने यात्रुवाहक गाडी चिसापानी–बर्दघाट र मालवाहक गाडी ज्यामिरे–हकुई खण्डमा रोक्न सकिने आयोजनाले जनाएको छ ।

गाडी रोक्दा र चलाउँदा कडाइसाथ आफ्नो लेन अनुशासन कायम राख्न र ओभरटेक नगर्न समेत आयोजनाले आग्रह गरेको छ ।

प्रकाशित मिति २०८१ चैत २६ गते बुधबार ०९:५३
हजुरको प्रतिक्रिया