२०८३ साउन २१ गते बिहीबार

गोरखामा १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, ५० वर्षीय पुरुष पक्राउ

गोरखामा १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, ५० वर्षीय पुरुष पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २६ गते बुधबार ०७:२९

गोरखा गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–५, छोप्राक धारापानीस्थित एक सार्वजनिक स्थानमा १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्ने एक जना पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद...

गोरखा
गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–५, छोप्राक धारापानीस्थित एक सार्वजनिक स्थानमा १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्ने एक जना पुरुष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार आज बुधबार अन्दाजी बिहान करिब १०स्३० बजे ती बालिकामाथि यौन दुर्व्यवहार भएको घटना सार्वजनिक भएपछि आरोपित व्यक्तिको खोजी सुरु गरिएको थियो। अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आशंकामा सोही स्थानका ५० वर्षीय राजेन्द्र पोख्रेललाई प्रहरीले चैत २६ गते पक्राउ गरेको हो।

प्रबक्ता सुवेदीका अनुसार पोख्रेल विरुद्ध बाल यौन दुरुपयोग शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको छ। यस क्रममा गोरखा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिइएको समेत बताए ।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै पीडित बालिकाको संरक्षण र स्वास्थ्य सुरक्षासम्बन्धी आवश्यक प्रक्रिया समेत अघि बढाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।

प्रकाशित मिति २०८१ चैत २६ गते बुधबार ०७:२९
हजुरको प्रतिक्रिया