२०८३ साउन २१ गते बिहीबार

चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २७ गते बिहीबार ०९:२४

दिपायल । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । डोटीको सायल गाउँपालिका ६ दल्लेखमा बुधबार राति चट्याङ पर्दा ३३ वर्षीया कमला नागरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख विनोद शर्माले जानकारी दिए । घटनामा...

दिपायल ।

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

डोटीको सायल गाउँपालिका ६ दल्लेखमा बुधबार राति चट्याङ पर्दा ३३ वर्षीया कमला नागरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख विनोद शर्माले जानकारी दिए । घटनामा कमलाका ४ सन्तान घाइते छन् । १० वर्षीया छोरी तारा, ८ वर्षीय छोरा अविशेक, ६ वर्षीय छोरा अबि र ३ महिनाका छोरा शंकर घाइते भएका हुन् ।

यसैगरी स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुसी नागरी पनि घाइते छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको एसपी शर्माले बताए ।

प्रकाशित मिति २०८१ चैत २७ गते बिहीबार ०९:२४
हजुरको प्रतिक्रिया