प्रदेशभर मृत्यु हुनेकाे संख्या ९०१ पुग्याे, कास्कीकाे ताजा अवस्था यस्ताे
पाेखरा। काेराेना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशमा मंगलबार थप ६ जनाकाे ज्यान गएकाे छ। पछिल्लाे २४ घण्टामा थप ६ जनाकाे ज्यान गएकाे र ४८० संक्रमित बनेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
पाेखरा महानगरपालिका १२ का ३० बर्षीय काेराेना संक्रमित युवाकाे मंगलबार उपचारकै क्रममा निधन भएकाे निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यस्तै, पाेखरा १७ की ९२ बर्षीय संक्रमित महिलाकाे फेवासिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएकाे छ । कास्की माछापुच्छ्रे गाउँपालिका ४ का ७४ बर्षिय संक्रमित पुरूषकाे प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार नै मृत्यु भएकाे निर्देशनालयले जनाएकाे छ ।
यस्तै, बाग्लुङ नगरपालिका ३ का ८२ बर्षीय संक्रमित पुरूषकाे साेमबार धाैलागिरी अस्पताल बाग्लुङमा उपचारकै क्रममा निधन भएकाे छ भने बाग्लुङकै बडिगाड गाउँपालिका २ का ६८ बर्षीय पुरूषकाे समेत साेहि अस्पतालमा उपचारकै क्रममा मंगलबार ज्यान गएकाे छ ।
स्याङ्जाकाे विरूवा गाउँपालका ७ का ५३ बर्षीय पुरूषकाे देश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा हिजाे साेमबार ज्यान गएकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।
पछिल्लाे २४ घण्टामा प्रदेशभर थप ४ सय ८० जना नयाँ संक्रमित भेटिएका छन् । १ हजार ७ सय ९६ जनाकाे परिक्षणबाट साे सँख्याका संक्रमित भेटिएकाे निर्देशनालयले जनाएकाे हाे । याे अवधीमा ५६६ जना निकाे भएका छन् भने ६ जनाकाे ज्यान गएकाे हाे । थप संक्रमितहरूमा कास्कीका १३८ जना, गाेरखाका ९२ जना, तनहुँका ७२ जना, बाग्लुङका ६८ जना, नवलपरासीका ५४ जना, स्याङ्जाका २९ जना, म्याग्दीका १७ जना, लमजुङका ९ तथा पर्वतका १ जना रहेका छन् ।
प्रदेशभर हाल ३ हजार २ सय ७५ सक्रिय संक्रमित रहेका छन् ।
यता कास्कीमा हालसम्म २१ हजार ५४१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने याे अवधिमा २० हजार ४८१ जना निकाे भइसकेका छन् । जिल्लाभर काेराेनाकै कारण ३८३ जनाकाे ज्यान गइसकेकाे छ भने हाल ६७७ जना सक्रिय संक्रमित रहेकाे निर्देशनालयले जनाएकाे छ।
प्रकाशित मिति २०७८ असार ८ गते मंगलबार ०६:३३




