काठमाडौं ।
संघीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
बैठकमा चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा भएका मानव अधिकार उल्लंघनका विषयहरुमाथि गृहमन्त्रीसँग छलफल हुनेछ ।
बैठकमा गृहमन्त्री रमेश लेखकले जवाफ दिने जवाफ कार्यसूची छ । विहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री लेखकलाई बोलाइएको छ ।
चैत १५ गते राजावादीहरुको प्रदर्शनका क्रममा प्रहरीले जथाभावी गोली चलाएको विषयमा सांसदहरुले गृहमन्त्रीको जवाफ मागेका थिए ।
यस्तै आजै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजे बस्नेछ ।
त्यस्तै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हने कार्यसूचि रहेको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति २०८१ चैत २८ गते शुक्रबार ०९:५५




