२०८३ कात्तिक १० गते सोमबार

व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याउने तयारी

व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याउने तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २८ गते शुक्रबार ११:१७

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याउने तयारी गरेको छ । केन्द्रिय प्रहरी विशेष ब्युरोबाट खटिएको टोलीले व्यवसायी प्रसाईंलाई झापाको चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याउन लागेको हो । प्रसाईंलाई...

काठमाडौं ।

व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याउने तयारी गरेको छ ।

केन्द्रिय प्रहरी विशेष ब्युरोबाट खटिएको टोलीले व्यवसायी प्रसाईंलाई झापाको चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याउन लागेको हो । प्रसाईंलाई काठमाडौं ल्याइ सार्वजनिक गरिने बताइएको छ । प्रहरीले उनलाई पक्राउ गरी झापाको चन्द्रगढी विमानस्थलमा पुर्याएको छ ।

गत चैत्र १५ गतेको राजावादीहरुको आन्दोलनको क्रममा प्रसाईंले निषेधित क्षेत्र तोडेर गाडी चलाएका थिए । आन्दोलनको क्रममा दुई जनाको ज्यान समेत गएको थियो । त्यसपछि प्रसाईं फरार रहेका थिए ।

प्रकाशित मिति २०८१ चैत २८ गते शुक्रबार ११:१७
हजुरको प्रतिक्रिया