२०८३ असोज २७ गते मंगलबार

एमाले र काँग्रेस सांसदले सहमति नजनाएपछि तीनकुने घटनाबारे छानबिन समिति गठन हुन सकेन

एमाले र काँग्रेस सांसदले सहमति नजनाएपछि तीनकुने घटनाबारे छानबिन समिति गठन हुन सकेन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २९ गते शनिबार ०९:३२

शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सभापति विमला सुवेदीले तीनकुने घटनाबारे छानविन समिति गठन गर्न प्रश्ताव गरेकी थिइन् ।
तर नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरुले सहमति नजनाएसँगै छानविन समिति बन्न नसकेको हो ।

काठमाडौं ।

नेपाली काँग्रेस र नेकपा एमाले सांसदहरुले सहमति नजनाएपछि संसदीय समितिको बैठकमा प्रश्ताव पेश भएपनि तीनकुने घटनाबारे छानविन समिति गठन हुन सकेन ।

शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सभापति विमला सुवेदीले तीनकुने घटनाबारे छानविन समिति गठन गर्न प्रश्ताव गरेकी थिइन् ।

तर नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरुले सहमति नजनाएसँगै छानविन समिति बन्न नसकेको हो । समिति सभापति सुवेदीले उक्त घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको बताइन् ।

उनले घटनामा शान्ति सुरक्षा कायम गर्ने सरकारको दायित्वमा कमजोरी देखिएको बताइन् । आगामी दिनमा राज्यले यस्ता घटना दोहोरिन नदिन समितिले सचेत गराएको उनले उल्लेख गरिन् ।

सुरक्षा चुनौतीको विश्लेषणका आधारमा शान्ति सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाउनुपर्नेमा उनको जोड छ ।

सभापति सुवेदीले आगामी दिनमा सुरक्षा संवेदनशीलतालाई उच्च प्राथकितामा राखेर उचित स्थानमा मात्र प्रदर्शन गर्न अनुमति दिने आवश्यक आवश्यक प्रवन्ध मिलाउन सरकाराई निर्देशन दिएको बताइन् ।

प्रकाशित मिति २०८१ चैत २९ गते शनिबार ०९:३२
हजुरको प्रतिक्रिया