२०८३ साउन २१ गते बिहीबार

चीनमा विश्वकै पहिलो आपतकालीन मेडिकल उद्धार ड्रोनको विकास

चीनमा विश्वकै पहिलो आपतकालीन मेडिकल उद्धार ड्रोनको विकास

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २९ गते शनिबार ०३:१८

ड्रोनमा रिमोट भिडियो निगरानीजस्ता अत्यावश्यक स्वास्थ्य सेवासम्बन्धी उपकरणहरू जडान गरिएका छन् ।

काठमाडाै‌ं ।

चीनले आपतकालीन उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वकै पहिलो अत्यधुनिक मेडिकल ड्रोन सफलतापूर्वक विकास गरेको छ ।

हैशेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चीन राज्य पोत निर्माण निगमको अन्तर्गत चिनियाँ विज्ञान अकादमी तथा अन्य साझेदार संस्थाहरूको सहकार्यमा गरेको बीबीसीले जनाएको छ ।

यो विशेष ड्रोनमा रिमोट भिडियो निगरानीजस्ता अत्यावश्यक स्वास्थ्य सेवासम्बन्धी उपकरणहरू जडान गरिएका छन् ।

कम्पनीका अध्यक्ष तथा प्रमुख इन्जिनियर श्री हुआङ युहङका अनुसार यो ड्रोन उच्च चिसो तापक्रम तथा पाँच हजार मिटरको उचाइसम्मका कठिन भूगोलमा समेत प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य गर्न सक्षम छ ।

यो ड्रोनको तौल छ सय किलो छ र यसले तीन सय किलोसम्मको भार बोक्न सक्छ । यसमा स्वचालित उडान प्रणालीका साथै टाढाबाट नियन्त्रण गर्ने सुविधा पनि रहेको छ । यसले गर्दा विपद् वा महामारीको बेला छिटो र प्रभावकारी रूपमा उद्धार कार्य सञ्चालन गर्न सकिनेछ ।

प्रकाशित मिति २०८१ चैत २९ गते शनिबार ०३:१८
हजुरको प्रतिक्रिया