२०८३ कात्तिक ११ गते मंगलबार

अमेरिकामा दर्ता विना ३० दिनभन्दा बढी बसोबास गरेमा सजाय हुने

अमेरिकामा दर्ता विना ३० दिनभन्दा बढी बसोबास गरेमा सजाय हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २९ गते शनिबार ०३:२९

आज विदेशी दर्ता ऐन अन्तर्गत दर्ता गर्ने अन्तिम मिति रहेको बीबीसीले उल्लेख गरेको छ ।

काठमाडाैं ।

अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले त्यहाँको दर्ता ऐन (एलियन) अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई जेल सजाय हुन सक्ने छ ।

आज विदेशी दर्ता ऐन अन्तर्गत दर्ता गर्ने अन्तिम मिति रहेको बीबीसीले उल्लेख गरेको छ ।

संयुक्त राज्य अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकहरूले सङ्घीय सरकारमा दर्ता गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनकी प्रेस सचिव क्यारोलिन लाभेटले बताए ।

नियम पालना नगरे जरीवाना, जेल वा दुवै सजाय हुने उनकाे भनाइ छ । अमेरिकी गृह सुरक्षा विभागले पनि प्रेस विज्ञप्ति निकालेर  विदेशी नागरिकहरूलाई यस ऐनअन्तर्गत दर्ता गर्न भनेको छ ।

प्रकाशित मिति २०८१ चैत २९ गते शनिबार ०३:२९
हजुरको प्रतिक्रिया