२०८३ साउन २१ गते बिहीबार

लिखित इतिहासले संस्कार र रितिरिवाज जीवन्त राख्छः उपप्रधानमन्त्री सिंह

लिखित इतिहासले संस्कार र रितिरिवाज जीवन्त राख्छः उपप्रधानमन्त्री सिंह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २९ गते शनिबार ०९:४८

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले लिखित इतिहासले संस्कार र रितिरिवाज जीवन्त राख्ने बताएका छन् । शनिवार ललितपुरमा आयोजित श्रीनृसिंह महात्म्य एवं स्मारिका २०८१ विमोचन तथा सम्मान कार्यक्रममा...

काठमाडौं ।

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले लिखित इतिहासले संस्कार र रितिरिवाज जीवन्त राख्ने बताएका छन् ।

शनिवार ललितपुरमा आयोजित श्रीनृसिंह महात्म्य एवं स्मारिका २०८१ विमोचन तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले पुर्खा दिएको असल अभ्यास तथा संस्कार नयाँ पिढीलाई हस्तान्तरण गर्न पुस्तकले महत्वपूर्ण योगदान पुर्याउने बताए । असल रितिरिवाज तथा संस्कृति जोगाउन नयाँ पुस्ता अगाडि आउनुपर्ने उनको भनाइ छ । उनले विभिन्न संस्कार, संस्कृति तथा पुर्खाको असल आचरणका बारेमा लेखिएका पुस्तकले नयाँ पुस्तालाई आकर्षित गर्ने बताए । उनलेँ पुस्तक अध्ययन गरेर पुर्खाको नासोको संरक्षण तथा निरन्तरता दिन सकिने बताए ।

उपप्रधानमन्त्री सिंहले धर्म संस्कृति जोगाउन र अगाडि बढाउन सबैको योगदान हुनुपर्ने समेत उल्लेख गरे ।

प्रकाशित मिति २०८१ चैत २९ गते शनिबार ०९:४८
हजुरको प्रतिक्रिया