२०८३ असोज २७ गते मंगलबार

संक्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति आयोगको पदाधिकारी होस् :उपमहासचिव ज्ञवाली

संक्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति आयोगको पदाधिकारी होस् :उपमहासचिव ज्ञवाली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ३० गते आइतबार ०९:२५

यसअघि गठन भएको आयोगले पनि संक्रमणकालीन न्याय नटुंग्याउँदा जनतामा विश्वास गुमेको भन्दै अब बन्ने आयोग विश्वास आर्जन गर्नसक्ने हुनुपर्ने जिकिर उनले गरे ।

काठमाडौं ।

नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको मर्म बुझेको व्यक्तिहरुलाई बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोगको पदाधिकारी नियुक्त गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयोगको पदाधिकारीमा जो आएपनि संक्रमणकालीन न्यायको मर्म बुझेको र टुंग्याउने प्रतिवद्धता भएको व्यक्ति आवश्यक रहेको बताए ।

यसअघि गठन भएको आयोगले पनि संक्रमणकालीन न्याय नटुंग्याउँदा जनतामा विश्वास गुमेको भन्दै अब बन्ने आयोग विश्वास आर्जन गर्नसक्ने हुनुपर्ने जिकिर उनले गरे ।

सबैले जिम्मेवारीबोधका साथ योगदान गर्नसके संक्रमणकालीन न्याय टुंगो लगाउन सकिने उनको भनाइ छ ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित रहेर यसअघि नै ६३ हजार निवेदन दर्ता भइसकेको र २५ सय धेरै बेपत्ताका निवेदनहरु रहेको उनले उल्लेख गरे ।

यौनजन्य दुव्र्यवहार, बलात्कार लगायतका निवेदनहरु अझै आउने क्रम रहेको उनले बताए । त्यसलाई समाधान गर्न र सत्य स्थापित गर्नेकुरामा अघि बढ्नुपर्नेमा उनको जोड छ ।

उपमहासचिव ज्ञवालीले भने, ‘संक्रमणकालीन न्याय टुंग्याउनका लागि जो आयोगमा पदाधिकारी आउँछ । जो आएपछि संक्रमणकालीन न्यायको मर्म बुझेको, र त्यो टुंग्याउने कमिटमेण्ट लिएर आउनुपर्छ । किनभने हामीलाई च्यालेन्ज छ । दुई दुई वटा आयोगहरुले आफ्नो कार्य सम्पादन गर्न नसकेको कारणले अब बन्ने आयोगले गर्दछन् भन्नेकुराको विश्वास दिलाउनु नै हाम्रो निम्ति ठूलो चुनौति । म आग्रह गर्दछु, यसमा सबैले जिम्मेवारीबोधका साथ योगदान गरौँ । ६३ हजार पहिलादेखि नै दर्ता भइसकेको निवेदनहरु छन्, टिआरसीमा । २५ सय धेरै बेपत्तामा छन् । यौनजन्य दुव्र्यवहार, बलात्कार लगायतका निम्ति थप गरेका छौँ । अरु थपिँदैछन् । आफैँमा एउटा ठूलो कुरा छ । त्यसलाई समाधान गर्न र सत्य स्थापित गर्नेकुरामा हामी जानुपर्छ ।’

उपमहासचिव ज्ञवालीले संक्रमणकालीन न्याय टुंग्याउन धेरै कुरा गर्न बाँकी रहेको बताए ।

 

प्रकाशित मिति २०८१ चैत ३० गते आइतबार ०९:२५
हजुरको प्रतिक्रिया