२०८३ साउन २१ गते बिहीबार

अफगानिस्तानद्वारा १६ करोड ५० लाख अमेरिकी डलर बराबरको नेभारा निर्यात

अफगानिस्तानद्वारा १६ करोड ५० लाख अमेरिकी डलर बराबरको नेभारा निर्यात

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ३० गते आइतबार १०:२०

अफगानिस्तानले गत वर्ष १६ करोड ५० लाख अमेरिकी डलरभन्दा बढीको नेभारा निर्यात गरेको उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले बताएका छन् । अफगानिस्तानले २० मार्च २०२५ मा समाप्त भएको फारसी क्यालेण्डरमा...

अफगानिस्तानले गत वर्ष १६ करोड ५० लाख अमेरिकी डलरभन्दा बढीको नेभारा निर्यात गरेको उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले बताएका छन् ।

अफगानिस्तानले २० मार्च २०२५ मा समाप्त भएको फारसी क्यालेण्डरमा १४०३ मा संयुक्त राज्य अमेरिका, बेलायत, भारत, पाकिस्तान, ओमान लगायत धेरै देशहरूमा १६ करोड ५० लाख डलरभन्दा बढीको नेभारा निर्यात गरेको हो । निर्यातलाई अझ बढाउन प्रयास भइरहेको स्थानीय मिडिया आउटलेट टोलोन्युजले जवादलाई उद्धृत गर्दै भनेको छ । ताजा र सुकेका दुबै नेभारा विगत धेरै वर्षदेखि अफगानिस्तानमा मुख्य निर्यात वस्तु रहेको छ ।

अफगानिस्तानको मुख्य निर्यात वस्तुहरूमा बहुमूल्य, अर्ध–बहुमूल्य पत्थर, कपास, औषधिय बिरुवा, ताजा र सुकेका फलफूलहरू, पाइन नट, नेभारा, खुबानी र खट्टा चेरी, कार्पेट, केसर, खरबुजा र स्याउ समावेश छन् ।

प्रकाशित मिति २०८१ चैत ३० गते आइतबार १०:२०
हजुरको प्रतिक्रिया