२०८३ साउन २१ गते बिहीबार

देशलाई समृद्ध बनाउन सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक छ : प्रधानमन्त्री

देशलाई समृद्ध बनाउन सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक छ : प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १ गते सोमबार ०९:०७

राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर नपुग्ने भएकाले देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहिनत र योगदानले मात्र यसमा सफलता पाउन सक्ने प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ ।

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन् ।

नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दै अनेकौं कठिनाइका बाबजुद हासिल गरेका उपलब्धिलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने विश्वास प्रधानमन्त्री ओलीको छ ।

राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर नपुग्ने भएकाले देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहिनत र योगदानले मात्र यसमा सफलता पाउन सक्ने प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता राष्ट्रका साझा सम्पति रहेको भन्दै यिनलाई परस्पर विरोधी शक्तिका रुपमा नभइ तिनीहरुबीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

मुलुकमा आज विकास केवल सपना नभइ यथार्थ बनिरहेको, यस बीचमा ग्रामीण भेगहरूमा बनेका भौतिक पूर्वाधार, तिनले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि भएको प्रधानमन्त्रीले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले युवापुस्ता राष्ट्रका सम्भावना भएकाले उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरुलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको सन्देशमार्फत् बताएका छन् ।

प्रकाशित मिति २०८२ वैशाख १ गते सोमबार ०९:०७
हजुरको प्रतिक्रिया