२०८३ साउन २१ गते बिहीबार

कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २ गते मंगलबार ०९:११

महासंघले सडक आन्दोलनमा अनिवार्य सहभागी हुन बाँकी प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई उर्दी नै जारी गरेको छ । त्यस्तै महासंघले महासंघबाट नगर्न भनिएका भर्ना अभियानलगायत काममा संलग्न नहुन भनेको छ ।

पोखरा ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरुले आज चौधौं दिन पनि आन्दोलन जारी राख्ने भएका छन् ।

आज दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला भएर आन्दोलन गर्ने नेपाल शिक्षक महासंघले जनाएको छ ।

महासंघले सडक आन्दोलनमा अनिवार्य सहभागी हुन बाँकी प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई उर्दी नै जारी गरेको छ । त्यस्तै महासंघले महासंघबाट नगर्न भनिएका भर्ना अभियानलगायत काममा संलग्न नहुन भनेको छ ।

महासंघकाअध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूले महासंघको निर्देशन पालना गरेको÷नगरेको जिल्ला जिल्लामा निरीक्षण अनुगमनमा गोप्यरूपमा खटाएको बताएका छन् ।

अध्यक्ष सुवेदीले आन्दोलनको मोर्चा नछोड्न पनि सबै शिक्षकलाई आग्रह गरेका छन् । यस्तै शिक्षक महासंघ कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने भएको छ ।

सोमबार विज्ञप्ति जारी गरी महासंघले परीक्षामा सहभागी नहुने निर्णय गरेको हो । कक्षा १२ को परीक्षा वैशाख ११ गते शुरु हुँदैछ ।

महासंघले भने सोमबारदेखि विद्यालय नै बन्द गर्ने निर्णय गरेको छ । सरकारले नयाँ शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान शुरु गरेको दिनदेखि नै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षक सडक आन्दोलनमा छन् ।

प्रकाशित मिति २०८२ वैशाख २ गते मंगलबार ०९:११
हजुरको प्रतिक्रिया