२०८३ कात्तिक ११ गते मंगलबार

गाजाका ३५ स्थानमा आक्रमण गरेको इजरायली सेनाको दाबी

गाजाका ३५ स्थानमा आक्रमण गरेको इजरायली सेनाको दाबी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २ गते मंगलबार ११:१६

इजरायली सेनाले गाजा पट्टीभर आक्रमणको नयाँ लहर शुरु गरेको बताएको छ । जसमा लगभग ३५ वटा लक्ष्यहरू निशाना बनाइएको छ । गाजा स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१३ पुगेको बताएका छन् । आक्रमण गरिएका...

इजरायली सेनाले गाजा पट्टीभर आक्रमणको नयाँ लहर शुरु गरेको बताएको छ ।

जसमा लगभग ३५ वटा लक्ष्यहरू निशाना बनाइएको छ । गाजा स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१३ पुगेको बताएका छन् । आक्रमण गरिएका स्थलहरूमा दक्षिणी गाजामा रहेको हतियार उत्पादन सुविधा र इजरायली भूभागलाई लक्षित गरी रकेट लन्चरहरू भएको प्रक्षेपण स्थल समावेश छ । दक्षिणी गाजाको रफाहमा इजरायलले शहरलाई काट्ने नयाँ सुरक्षा क्षेत्र निर्माण पूरा गरेको र इजरायली सेनाले २० मिटर गहिरो सुरुङ मार्ग ध्वस्त पारेको सेनाले जनाएको छ । इजरायलले मार्च २ देखि गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ ।

अक्टोबर २०२३ मा युद्ध शुरु भएदेखि एन्क्लेभमा मृत्यु हुनेको संख्या ५० हजार ९८३ पुगेको छ भने १ लाख १६ हजार २७४ जना घाइते भएका छन् ।

प्रकाशित मिति २०८२ वैशाख २ गते मंगलबार ११:१६
हजुरको प्रतिक्रिया