२०८३ साउन २१ गते बिहीबार

अमेरिकासँगको वार्ताको अर्को चरण ओमान बाहिर हुन्छः इरान

अमेरिकासँगको वार्ताको अर्को चरण ओमान बाहिर हुन्छः इरान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ३ गते बुधबार १०:१८

इरानले आणविक कार्यक्रममा संयुक्त राज्य अमेरिकासँगको अप्रत्यक्ष वार्ताको अर्को चरण ओमान बाहिर हुने बताएको छ । यद्यपि वार्ताको संरचना र मध्यस्थता अपरिवर्तित रहने जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईका अनुसार तेहरानले...

इरानले आणविक कार्यक्रममा संयुक्त राज्य अमेरिकासँगको अप्रत्यक्ष वार्ताको अर्को चरण ओमान बाहिर हुने बताएको छ । यद्यपि वार्ताको संरचना र मध्यस्थता अपरिवर्तित रहने जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईका अनुसार तेहरानले वार्ताको स्थानलाई ती ढाँचा जत्तिकै महत्वपूर्ण मान्दैन । छलफलहरू अप्रत्यक्ष रूपमा सञ्चालन भइरहने उनले संकेत गरे । ओमानले आफ्नो मध्यस्थकर्ताको भुमिका भने कायम राख्ने उनको भनाइ छ । बगाईले मस्कटले आगामी चरणको लागि नयाँ स्थानको समन्वय गर्ने बताए ।

वार्ताको प्रारम्भिक चरणको आयोजनामा ओमानको भुमिकाको लागि प्रशंसा समेत व्यक्त गरे ।

प्रकाशित मिति २०८२ वैशाख ३ गते बुधबार १०:१८
हजुरको प्रतिक्रिया