काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टी फरक मत र आलोचना गर्न पाइने बताएका छन् ।
बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रसले गरेका कामको प्रचार आफैंले गर्नुपर्ने बताउँदै त्यो प्रयास भइरहेको पनि बताए ।
सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्ट सुनिँदै आएका थापाले सरकारका कामको शैली परिवर्तनको परिवर्तन अपरिहार्य रहेको उल्लेख गरे ।
उनले सत्ता साझेदार दल नेकपा एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै आफ्नो पार्टीमा प्रश्न गर्न पाउने जिकिर गरे ।
‘प्रश्न पनि गर्नुपर्छ । कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न पाइन्छ । यहाँ फरक मत राख्न पाइन्छ, प्रश्न राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ ।
कसैले लिएर जाँदैन,’ महामन्त्री थापाले भने, ‘कोही भीम रावल बन्दैन । किनकी यो कांग्रेस हो । यो हाम्रो पार्टी हो, बा को पार्टी होइन ।’
प्रकाशित मिति २०८२ वैशाख ३ गते बुधबार ०५:३४