२०८३ साउन २१ गते बिहीबार

ओली–देउवाबीच सहमति भइसक्यो, गभर्नर नियुक्ति छिट्टै हुन्छः मन्त्री गुरुङ

ओली–देउवाबीच सहमति भइसक्यो, गभर्नर नियुक्ति छिट्टै हुन्छः मन्त्री गुरुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ३ गते बुधबार ०६:१६

सरकार शिक्षकका मागहरुप्रति समेत संवेदनशील रहेको मन्त्री गुरुङले उल्लेख गरे ।

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गर्भनर नियुक्ति हुने बताएका छन् ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै सञ्चारमन्त्री गुरुङले छिट्टै गर्भनर नियुक्ति हुने बताएका हुन् ।

उनले मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने क्षमताको गभर्नर ल्याउनुपर्ने भएको ढिलाई भएको जिकिर गरे ।

उनले सत्तारुढ दलहरुबीचमा गभर्नर नियुक्तिको विषयमा सहमति भइसकेको जानकारी समेत दिए । सत्तारुढ राजनीतिको संयन्त्रको बैठकको मार्गनिर्देशनअनुसार सरकारले निर्णय लिने समेत मन्त्री गुरुङले जानकारी दिए ।

उनले भने, ‘समग्र मुलुकको आर्थिक अवस्था सुधार गर्नुपर्ने भएको कारण गभर्नर नियुक्तिको विषय सबै दलहरुको आ–आफ्नो चासो हुनु अस्वाभाविक हैन । हिजो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच गभर्नर नियुक्ति गर्ने सहमति पनि भएको छ । अब संयन्त्रको बैठक बस्दैछ । उक्त बैठकले नीतिगत मार्गनिर्देशन गर्नेछ भन्ने हाम्रो विश्वास छ । गभर्नरको समस्या चाँडै समाधान हुन्छ । अहिले पनि निमित्तको भरमा त हैन नि चलिरहेको । कार्यवाहक नै दिएर सञ्चालन भइरहेको छ ।’

सरकार शिक्षकका मागहरुप्रति समेत संवेदनशील रहेको मन्त्री गुरुङले उल्लेख गरे ।

शिक्षकका जायज मागहरु पूरा गर्नको लागि सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरिसकेको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति २०८२ वैशाख ३ गते बुधबार ०६:१६

हजुरको प्रतिक्रिया