२०८३ साउन २१ गते बिहीबार

स्टेप बाई स्टेपमा शिक्षकहरुका लागि तालिम

स्टेप बाई स्टेपमा शिक्षकहरुका लागि तालिम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ४ गते बिहीबार ०८:१८

पोखरा स्टेप बाई स्टेप माध्यमिक विद्यालय मासबार पोखरामा विद्यालयमा अध्यनरत शिक्षकहरुका लागि तीन दिने तालिम सम्पन्न भएको छ । तालिमको दोस्रो दिन विहीबार इन्टरनेशनल कोच एण्ड टे«निङ एसोसियसनका अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त...

पोखरा
स्टेप बाई स्टेप माध्यमिक विद्यालय मासबार पोखरामा विद्यालयमा अध्यनरत शिक्षकहरुका लागि तीन दिने तालिम सम्पन्न भएको छ ।

तालिमको दोस्रो दिन विहीबार इन्टरनेशनल कोच एण्ड टे«निङ एसोसियसनका अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कुशल प्रशिक्षक सुबास पौडेलले तालिम दिए । उनले तालिमका क्रममा सकारात्मक सोच भएका उत्साही, लगनशील र कर्मठ शिक्षकहरुले नै असल र दक्ष विद्यार्थी निर्माण गर्न सक्ने बताए । ढिलो बुझ्ने विद्यार्थीलाई शिक्षकले जोड दिएमा उनीहरु उत्कृष्ट बन्न सक्ने उनको भनाइ थियो ।

तालिममा विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले शिक्षकले विद्यार्थीलाई पढाउने नभएर सिकाउने भन्ने कुराले आफु प्रभावित भएको बताउँदै प्रशिक्षक पौडेललाई धन्यवाद दिएका थिए । यस्तै शिक्षक मेघनाथ गिरीले तालिमबाट आफुहरुले महत्त्वपूर्ण कुरा सिक्न पाएको बताउँदै विद्यालय र प्रशिक्षकलाई धन्यवाद दिए ।

कार्यक्रमको पहिलो दिन विद्यालयका संस्थापक प्राचार्य निर्मला बरालले सहजकीरण गरेकी थिइन् । उनले असल शिक्षकको असल प्रयत्नबाट नै विद्यार्थी उत्कृष्ट बन्ने बताउँदै शिक्षकलाई ऊर्जाशील, मेहेनती र कर्मठ बन्ने सुझाव दिइन् ।

सोहि दिन नै विद्यालयका सहप्राचार्य दीपक गिरी, विद्यालयका संयोजक तथा नेपाली विभाग प्रमुख सुर्यप्रसाद लम्साल, अंग्रेजी विभाग प्रमुख रुपेश पौडेल, गणित विभाग प्रमुख विजय कुमार मेहता, सामाजिक विभाग प्रमुख लक्ष्मण भण्डारीले पनि सहजीकरण गरेका थिए । तालिममा विद्यालयमा अध्यापनरत ४८ जना शिक्षक सहभागी थिए ।

प्रकाशित मिति २०८२ वैशाख ४ गते बिहीबार ०८:१८

हजुरको प्रतिक्रिया