२०८३ साउन २१ गते बिहीबार

श्री गण्डकी कोटिहोम महायज्ञ : आज चर्चित कथावाचिका देवी प्रतिभा पोखरा आउँदै

श्री गण्डकी कोटिहोम महायज्ञ : आज चर्चित कथावाचिका देवी प्रतिभा पोखरा आउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ५ गते शुक्रबार ०९:३५

२०८२ साल बैशाख १७ गतेदेखी सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा अहिले पोखरा १७ बिरौटा, प्रगतीटोलमा गत चैत्र २९ गतेदेखि वाल विदुषी अनुराधा पाण्डेयले श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छिन् ।

विरौटामा भव्य स्वागत गरिने

पोखरा ।

पोखरा महानगरपालिका–१७ बिरौटामा जारी ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा नेपालका दुई चर्चित कथावाचक तथा वाचिकाको आगमन भएको छ ।

भागवत कथावाचनको क्षेत्रमा लोकप्रिय कथा वाचक आचार्य श्री शितल कृष्ण जी महाराज र लोकप्रिय प्रवचनकर्ता सुप्रिया किशोरीको आगमन भएको छ ।

आचार्य श्री शितल कृष्ण जी महाराजले आज बैशाख ५ र ६ गते विभिन्न विषयमा प्रवचन राख्ने कार्यक्रम रहेको आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ ।

त्यस्तै सुप्रिया किशोरी जी ले पनि कोटिहोम महायज्ञमा आजदेखि नियमित रुपमा विभिन्न बिषयमा प्रवचन दिने कार्यक्रम रहेको छ ।

२०८२ साल बैशाख १७ गतेदेखी सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा अहिले पोखरा १७ बिरौटा, प्रगतीटोलमा गत चैत्र २९ गतेदेखि वाल विदुषी अनुराधा पाण्डेयले श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छिन् ।

आज बिहान ठीक १० बजेदेखी अनुराधा पाण्डेयले कथा प्रवचन गर्ने कार्यतालिका छ । उनको आज विदाईको कार्यक्रम पनि रहेको छ ।

साथमा आज नै चर्चित कथा वाचिका देवी प्रतिभाको पनि आगमन हुनेछ । । आज पोखरामा देवी प्रतिभालाई स्वागत गर्ने र दिउँसो २ बजे पोखराको विरौटामा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

देवी प्रतिभा जीलाई स्वागत गर्नको लागि सम्पूर्ण पोखरावासीहरुलाई आयेजकले आग्रह गरेको छ ।

अहिले कार्यक्रममा भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ । त्यस्तै कार्यक्रममा देश विदेशका सन्त, महन्तलगायत जनप्रतिनिधीलगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुको पनि उपस्थित रहेको छ ।

प्रकाशित मिति २०८२ वैशाख ५ गते शुक्रबार ०९:३५
हजुरको प्रतिक्रिया