२०८३ साउन २१ गते बिहीबार

पोखराकाे आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण

पोखराकाे आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ५ गते शुक्रबार ०२:०७

पाेखरा । विपद्जन्य घटनाहरू भएमा तत्काल उद्दार तथा राहत सामग्री राखने प्रादेशिक आपतकालीन गोदामघर प्रदेश हस्तान्तरण गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच गृहमन्त्री रमेश लेखकले उक्त गोदामघर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज...

पाेखरा ।

विपद्जन्य घटनाहरू भएमा तत्काल उद्दार तथा राहत सामग्री राखने प्रादेशिक आपतकालीन गोदामघर प्रदेश हस्तान्तरण गरिएको छ।

शुक्रबार एक कार्यक्रमका बीच गृहमन्त्री रमेश लेखकले उक्त गोदामघर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका हुन्।

जलवायु परिवर्तनका कारण मानव समुदायमा आउने विपद् र जनधनको क्षति,सामाजिक र आर्थिक पक्षलाई प्रतिकार्य राहत उपलब्ध गराउन आपतकालीन गोदामघर निर्माण गरिएको हो। गोदाम घरले संकटको समयमा तत्काल प्रभावकारी बन्दामेबस्ती सहायता सुनिश्चित गर्ने गृहमन्त्री लेखकले बताए।

यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश प्राकृतिक विपत्तिका दृष्टिबाट पनि जोखिमपूर्ण प्रदेश भएको बताउँदै यी जोखिमीलाई समाधान गर्नेतर्फ सरकार निरन्तर लागिरेको बताए।

बाढी पहिरोसँगै भूकम्प लगायतका विपत्तिमा प्रतिकार्यमा सरकार निरन्तर लागिरेको उनले बताए । प्रदेशमा सम्भाव्य प्राकृतिक विपत्तिलाई लक्षित गरी १० करोड भन्दा नघट्ने गरी कोष समेत विनियोजन गर्दै प्रतिकार्यका लागि आवश्यक उपकरण आदिमा सहयोग गरिरहेको उनले बताए ।

प्रकाशित मिति २०८२ वैशाख ५ गते शुक्रबार ०२:०७
हजुरको प्रतिक्रिया