२०८३ कात्तिक १० गते सोमबार

‘गण्डकी विश्वविद्यालय केन्द्रीय प्राध्यापक मञ्च’ गठन

‘गण्डकी विश्वविद्यालय केन्द्रीय प्राध्यापक मञ्च’ गठन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ५ गते शुक्रबार ०२:४१

पाेखरा । गण्डकी विश्वविद्यालयमा आबद्ध प्राध्यापकहरूको बिहीबार भएको भेलाले साझा संगठन ‘गण्डकी विश्वविद्यालय केन्द्रीय प्राध्यापक मञ्च’ गठन गरेको छ । भेलाले विश्वविद्यालयको कानुन कार्यक्रम संयोजक रविकुमार सिलवालको अध्यक्षतामा...

पाेखरा ।

गण्डकी विश्वविद्यालयमा आबद्ध प्राध्यापकहरूको बिहीबार भएको भेलाले साझा संगठन ‘गण्डकी विश्वविद्यालय केन्द्रीय प्राध्यापक मञ्च’ गठन गरेको छ ।

भेलाले विश्वविद्यालयको कानुन कार्यक्रम संयोजक रविकुमार सिलवालको अध्यक्षतामा कार्यसमिति निर्वाचित गरेको छ ।

मञ्चको उपाध्यक्ष रुपेश अधिकारी, सचिव रमेश पौडेल तथा सदस्य जुलु त्रिपाठी र विश्वासराज पौडेल छन् । अध्यक्षमा लीलाराज लोहनीसमेत प्रत्यासी थिए । प्राध्यापक भेलाको बहुमतले सिलवाललाई अध्यक्ष निर्वाचित गरेको हो ।

गुणस्तरीय शिक्षण, अनुसन्धान, प्राज्ञिक स्वतन्त्रता र पेसागत विकासलाई प्रवद्र्धन गर्ने गरी गण्डकी विश्वविद्यालय केन्द्रीय प्राध्यापक मञ्चको परिकल्पना गरिएको प्राध्यापकहरुले जनाएका छन् ।

प्राज्ञिक सोच र व्यवहारलाई संस्थागत गर्दै विश्वविद्यालयमा योगदान पुर्‍याउने उद्देश्य मञ्चले राखेको अध्यक्ष सिलवालले जनाए ।

प्रकाशित मिति २०८२ वैशाख ५ गते शुक्रबार ०२:४१
हजुरको प्रतिक्रिया