२०८३ साउन २१ गते बिहीबार

काेराेनाका कारण गण्डकीमा थप ९ जनाले ज्यान गुमाए

काेराेनाका कारण गण्डकीमा थप ९ जनाले ज्यान गुमाए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार १० गते बिहीबार ०६:४३

पाेखरा।  काेराेना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशभर पछिल्लाे २४ घण्टामा थप ९ जनाले ज्यान गुमाएका छन् । याे संगै प्रदेशभर काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या ९१४ पुगेकाे छ । पाेखरा १४ का ७६ बर्षीय संक्रमित पुरूषकाे...

३२१ संक्रमित थपिए, ५४० निकाे भए

पाेखरा।  काेराेना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशभर पछिल्लाे २४ घण्टामा थप ९ जनाले ज्यान गुमाएका छन् । याे संगै प्रदेशभर काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या ९१४ पुगेकाे छ ।

पाेखरा १४ का ७६ बर्षीय संक्रमित पुरूषकाे उपचारका क्रममा बुधबार मणिपाल शिक्षण अस्पताल पाेखरामा ज्यान गएकाे छ । पाेखरा ८ का ९१ बर्षीय संक्रमितकाे पनि उपचारकै क्रममा बुधबार नै पाेखराकाे फेवासिटी अस्पतालमा ज्यान गएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । यस्तै, पाेखरा ५ का ७२ बर्षीय संक्रमित महिलाकाे चरक मेमाेरियल अस्पतालमा बिहीबार मृत्यु भएकाे छ भने पाेखरा ३२ की संक्रमित महिलाकाे गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा ज्यान गएकाे छ ।

यता, कावासाेती नगरपालिका १ का ६२ बर्षीय संक्रमित पुरूषकाे गत ८ गते, वालिङ नगरपालिका १४ का ७० बर्षीय संक्रमितकाे ९ गते, गल्याङ नगरपालिका २ की ७० बर्षीय महिलाकाे पनि हिजाे ९ गते, शुक्लागण्डकी नगरपालिका ६ का ६५ बर्षीय संक्रमित पुरूषकाे ९ गते नै निधन भएकाे निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । शुक्लागण्डकी नगरपालिका ११ का ६१ बर्षीय संक्रमित पुरूषकाे गण्डकी मेडिकल कलेज पाेखरामा उपचारकै क्रममा बिहीबार मृत्यु भएकाे छ ।

पछिल्लाे २४ घण्टामा प्रदेशभर थप ३२१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे अवधीमा ५४० जना निकाे भएका छन् । संक्रमितहरू मध्ये कास्कीका सर्वाधिक धेरै ११८ जना रहेकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

प्रकाशित मिति २०७८ असार १० गते बिहीबार ०६:४३
हजुरको प्रतिक्रिया