वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी पोखरेल सम्पर्कविहीन
गोरखा ।
अध्यक्षको जिम्मेवारी वडा सदस्यलाई दिएर गत जेठमा अमेरिका गएका गोरखाको सिरानचोक गाउँपालिका–५ का वडाध्यक्ष ठानेस्वर पोखरेल १० महिनादेखि बेखबर बनेका छन् ।
सिरानचोक गाउँपालिका–५ का ठानेस्वर पोखरेल लामो समय देखि वडा कार्यालयमा नआएको स्थानीयले बताएका छन् ।
वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएर पोखरेल सम्पर्कविहीन भएको भन्दै उनीहरुले गाउँपालिकाको ध्यानाकर्षण समेत गराएका छन् ।
विभिन्न बाहनामा वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएर पोखरेल सम्पर्क बिहिन भएको भन्दै उनीहरुले गाउँपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
उनी माओवादीबाट वडाध्यक्ष जितेका जनप्रतिनिधि हुन् । यसरी जनमतको उपेक्षा गर्दै विदेश गएर बस्नु गलत भएको उनीहरुको भनाई छ ।
उनको यो दोस्रो पटकको अमेरिका भ्रमण हो । पहिलो पटक अमेरिका जाँदा पोखरेलले वडासदस्य रामचन्द्र पोखरेललाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर गएका थिए ।
सोको जानकारी गाउँपालिकालाई समेत गराएका थिए । तर अहिले उनै पोखरेललाई कार्यवाहक दिएको तर सोको जानकारी गाउँपालिकामा नगराएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए ।
कार्यवाहक वडाध्यक्ष पोखरेलले भने वडाध्यक्ष पोखरेल उपचारको लागि भारत जान्छु भनेर गएको बताए ।
वडाध्यक्षका कारण सेवाप्रवाह र बिकास निर्माणको काममा कुनै पनि बाधा अबरोध नभएको उनको भनाइ छ । तर वडाध्यक्ष पोखरेलले असार मसान्तसम्म उनलाई कार्यवाहक दिएको स्रोतको दाबी छ ।
वडाध्यक्ष पोखरेलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरितका काम गरेको उनीहरुको आरोप छ ।
उनको परिवार अमेरिकामा रहेकाले पहिले पनि पारिवारिक भ्रमणका लागि गएको र अहिले पनि उपचारको बहनामा फेरी अमेरिका नै गएको दाबी स्थानीयहरुको छ ।
प्रकाशित मिति २०८२ वैशाख ७ गते आइतबार १०:०७




