२०८३ साउन २१ गते बिहीबार

पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुईजना गम्भिर घाइते

पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुईजना गम्भिर घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ८ गते सोमबार ०९:१८

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप बिहान  ‘सेवारो चोक’ भन्ने ठाउँमा पोलबाट लत्रिएको तार छुँदाकरेण्ट प्रवाह भएको थियो ।
त्यसलगत्तै जीपमा आगो लागेको थियो ।

काठमाडौं ।

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप बिहान  ‘सेवारो चोक’ भन्ने ठाउँमा पोलबाट लत्रिएको तार छुँदाकरेण्ट प्रवाह भएको थियो ।

त्यसलगत्तै जीपमा आगो लागेको थियो । घटनामा ज्यान गुमाएका चारै जनाको सनाखत भएको छ ।

ज्यान गुमाउनेमा ललितपुर महानगरपालिका १० की १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ का ७० वर्षीय विनोद पौडेल र उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

यस्तै चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० का ४२ वर्षीय दुर्गा भट्टराईको पनि मृत्यु भएको हो ।

ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनको १० वर्षीय छोरा भविमय आचार्य गम्भीर घाइते छन् ।

प्रकाशित मिति २०८२ वैशाख ८ गते सोमबार ०९:१८
हजुरको प्रतिक्रिया