२०८३ साउन २१ गते बिहीबार

हमासले आधा जीवित वन्धकहरूलाई फिर्ता गर्ने सम्झौता अस्वीकार गर्यो: नेतान्याहू

हमासले आधा जीवित वन्धकहरूलाई फिर्ता गर्ने सम्झौता अस्वीकार गर्यो: नेतान्याहू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ८ गते सोमबार १०:०६

यदि आफूहरुले अहिले हमासको आदेशमा आत्मसमर्पण गगर्ने हो भने युद्धका सबै ठूला उपलब्धिहरू गुम्ने खतरा रहेको उनले बताए ।

ऐजेन्सी\सिन्ह्वा ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले युद्धको अन्त्य र गाजाबाट इजरायली सैन्य फिर्ताको माग गर्दै गाजामा आधा जीवित वन्धकहरूलाई फिर्ता गर्ने प्रश्तावलाई अस्वीकार गरेको बताएका छन् ।

यदि आफूहरुले अहिले हमासको आदेशमा आत्मसमर्पण गर्ने हो भने युद्धका सबै ठूला उपलब्धिहरू गुम्ने खतरा रहेको उनले बताए ।

इजरायली प्रधानमन्त्रीले इजरायललाई हमासले सबै वन्धकहरूलाई मुक्त गर्न धोका दिनसक्ने उनको भनाइ छ । त्यसपछि युद्ध पुनः शुरु हुने उनले बताए ।

यसैबीच गाजामा इजरायलको सैन्य कारबाही जारी छ ।

इजरायल रक्षा बलले एक विज्ञप्तिमा सशस्त्र बलले सप्ताहन्तमा दक्षिणी गाजा पट्टीको रफाह क्षेत्रमा ४० भन्दा बढी हमास आतंककारीहरूलाई मारेको बताएको छ ।

प्रकाशित मिति २०८२ वैशाख ८ गते सोमबार १०:०६
हजुरको प्रतिक्रिया