२०८३ साउन २१ गते बिहीबार

चीनमा मानिस र रोबोटबीच हाफ म्याराथन प्रतियोगिता

चीनमा मानिस र रोबोटबीच हाफ म्याराथन प्रतियोगिता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ८ गते सोमबार १०:५८

चीनमा मानिस र रोबोटबीच हाफ म्याराथन दौड भएको छ । चीनको राजधानी बेइजिङमा विश्वकै पहिला रोबोट हाफ म्याराथन आयोजना गरिएको हो । रोबोटहरु २१ किलोमिटर दौडिएका छन् । केही रोबोटहरु मानिसहरु जस्तै थकित भएको पाइएको छ । केही रोबोटहरुले जुत्ता...

चीनमा मानिस र रोबोटबीच हाफ म्याराथन दौड भएको छ ।

चीनको राजधानी बेइजिङमा विश्वकै पहिला रोबोट हाफ म्याराथन आयोजना गरिएको हो । रोबोटहरु २१ किलोमिटर दौडिएका छन् । केही रोबोटहरु मानिसहरु जस्तै थकित भएको पाइएको छ । केही रोबोटहरुले जुत्ता समेत लगाएका थिए । प्रत्येक रोबोटको पछाडि विज्ञहरुको टोली खटाइएको थियो । दौडमा तीन पटक रोबोटहरुको ब्याट्री बदलिएको थियो । बेइजिङ ह्युमनोइड रोबोट इनोभेसन सेन्टरद्वारा विकसित टिएन कुङ अल्ट्रा रोबोटले २ घण्टा ४० मिनेटमा अन्तिम रेखा पार गरेको थियो । नोएटिक्सको एन२ दोस्रो स्थानमा आयो । ड्रॉइडअपको रोबोटले तेस्रो स्थान हासिल गरेको छ ।

६ ह्युमनोइड रोबोटहरूले दौड पूरा गरेका छन् ।

प्रकाशित मिति २०८२ वैशाख ८ गते सोमबार १०:५८
हजुरको प्रतिक्रिया