२०८३ साउन २१ गते बिहीबार

जीप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

जीप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ८ गते सोमबार १२:००

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका ४ को भित्री सडक खण्डमो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । गएराति भएको दुर्घटनामा कालीगण्डकी गाउँपालिका १ की १८ वर्षीया एलिसा सारुको घटनास्थलमै ज्यान गएको...

पाल्पा ।

पाल्पाको बगनासकाली गाउँपालिका ४ को भित्री सडक खण्डमो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

गएराति भएको दुर्घटनामा कालीगण्डकी गाउँपालिका १ की १८ वर्षीया एलिसा सारुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा घाइते बगनासकाली ४ भालेबासकी ३६ वर्षीया निता दर्लामीको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम तानसेनदेखि बगनासकाली ४ भालेबासका लागी छुटेको लु १ ज १७२४ नम्बरको जीप आइतबार बेलुका दुर्घटनामा परेको हो ।

जीपमा चालकसहित ९ जना यात्रु रहेकामा अरु सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ वैशाख ८ गते सोमबार १२:००
हजुरको प्रतिक्रिया