२०८३ साउन २१ गते बिहीबार

सुशासन र विकास सरकारको मुख्य प्राथमिकतामा छः प्रधानमन्त्री

सुशासन र विकास सरकारको मुख्य प्राथमिकतामा छः प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ८ गते सोमबार ०४:५४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकास सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन् । सोमबार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकास सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन् ।

सोमबार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । मुलुकमा सुशासन कायम गर्दै विकास निर्माणको गति बढाउने ध्याउन्नमा सरकार अगाडि बढिरहेको उनको दाबी छ । उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै यसअघिको सरकारले मुलुकको अर्थतन्त्र खोक्रो बनाएको आरोप लगाए । उनले देशभर ७ हजार योजना रहेकोमा प्रचण्ड नेतृत्वको सरकारले ११ हजार योजना थपेर १८ हजार पुर्याएको उल्लेख गरे ।

उनले भने, ‘कुरा उल्टाउने, पल्टाउनेहरुले धेरै खालका गर्छन् । गर्न दिउँ । हामी देशलाई अगाडि बढाउँछौं । संंक्षिप्तमा भन्दा अहिलेको आवश्यकता प्रमुख कुराहरु हुन् सुशासन र विकास । यी कुराहरु हामी अगाडि बढाएर छोड्छौं । अहिले त्यही ध्याउन्नमा छ सरकार । देशको अर्थतन्त्र साच्चै खोक्रो र रित्तो बनाएको रहेछ । यसभन्दा अगाडि वास्तवमा नबुझिकन कदम चाल्ने वा बुझेर नै देशलाई बर्बाद पार्न खोज्ने के हो म भन्न सक्दिन । यति साह्रै नबुझ्ने त कसरी होला ? तर देशमा ७०० आयोजना थिए । बजेट घोषणाभन्दा अगाडि ११ हजार योजनाहरु थप्दिहाल्छन् । योजना १८ हजार पुर्याएर बजेट भद्रगोलसँग बाँडेर अहिले त्यसको पैसा कहाँबाट तिर्ने ? बजेट छैन ।’

यस वर्षभित्र मुलुकको अर्थतन्त्रलाई ट्र्याकमा ल्याइसक्ने उनको दाबी छ ।

प्रकाशित मिति २०८२ वैशाख ८ गते सोमबार ०४:५४
हजुरको प्रतिक्रिया