२०८३ कात्तिक १० गते सोमबार

आन्दोलनलाई अझ सशक्त पार्ने शिक्षक महासंघको चेतावनी

आन्दोलनलाई अझ सशक्त पार्ने शिक्षक महासंघको चेतावनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ९ गते मंगलबार ०९:१७

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आन्दोलनलाई निर्णायक बनाउन अझ जोडबलसहित आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई आह्वान गरेका छन् ।

सरकारले शिक्षकहरुका मागलाई गम्भीरतापूर्वक लिएन : नानुमाया पराजुली

काठमाडौं ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत्र २० गतेदेखि निरन्तर काठमाडौं केन्द्रित सडक आन्दोलनमा रहेका शिक्षकहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिने भएका छन् ।

शिक्षकका मागप्रति सरकार गम्भीर नभएको भन्दै आन्दोलनरत शिक्षकहरूले आज पनि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन् ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आन्दोलनलाई निर्णायक बनाउन अझ जोडबलसहित आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई आह्वान गरेका छन् ।

यसका साथै उनले आन्दोलनमा संयमित र अनुशासित हुन शिक्षकलाई आग्रह गरेका छन् । आन्दोलनलाई परिणाममुखी बनाउन धैर्य, संयम र अनुशासन कायम राख्नुपर्ने उनले बताए ।

सरकारले आफूहरूको मागलाई गम्भीरतापूर्वक नलिएको आन्दोलन समितिकी संयोजक नानुमाया पराजुलीले बताईन् । उनले यसबाट उत्पन्न सबै परिस्थितिको जिम्मा सरकारले नै लिनुपर्ने समेत बताएकी छिन् ।

ऐन ल्याउनुको साटो आफूहरुलाई अल्मलाउने र थकाउने रणनीतिमा सरकार लागेको भन्दै यसपटक रित्तो हात नफर्किने र आन्दोलनलाई अझ सशक्त पार्ने नेपाल शिक्षक महासंघको अडान छ ।

 

प्रकाशित मिति २०८२ वैशाख ९ गते मंगलबार ०९:१७
हजुरको प्रतिक्रिया