२०८३ साउन २१ गते बिहीबार

यमनको राजधानीमा अमेरिकी हवाई आक्रमणबाट १२ जनाको मृत्यु

यमनको राजधानीमा अमेरिकी हवाई आक्रमणबाट १२ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ९ गते मंगलबार १२:१९

यमनको राजधानी सानामा अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या १२ पुगेको छ साथै कम्तिमा ३० जना घाइते भएको हुथी नियन्त्रित स्वास्थ्य अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् । हुथीहरूद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार सानाको...

यमनको राजधानी सानामा अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या १२ पुगेको छ साथै कम्तिमा ३० जना घाइते भएको हुथी नियन्त्रित स्वास्थ्य अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् ।

हुथीहरूद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार सानाको सबैभन्दा व्यस्त बजारहरू मध्ये एक, शुउब छिमेकको फरवाह बजारलाई लक्षित गरी हवाई आक्रमण गरिएको थियो । यो घटना पश्चिमी यमनको रास इसा इन्धन बन्दरगाहमा भएको घातक अमेरिकी हवाई आक्रमणको केही दिनपछि भएको हो । जसमा ८० जनाको मृत्यु भएको थियो । १७० जना घाइते भएका थिए ।

साथसाथै  इन्धन भण्डारण पूर्वाधारमा व्यापक क्षति पुगेको थियो । जसको परिणामस्वरूप लाल सागरमा इन्धन चुहावट भएको थियो ।

प्रकाशित मिति २०८२ वैशाख ९ गते मंगलबार १२:१९
हजुरको प्रतिक्रिया