२०८३ साउन २१ गते बिहीबार

कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार प्रसारका लागि साइकल र्‍याली

कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार प्रसारका लागि साइकल र्‍याली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १० गते बुधबार १२:३५

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार प्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन मानवसेवा फाउण्डेशनले यहि बैशाख ११ गते...

पोखरा ।

पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार प्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन मानवसेवा फाउण्डेशनले यहि बैशाख ११ गते बिहान ७ बजे साइकल र्‍याली गर्ने भएको छ ।

बिरौटा कोटीहोम स्थलबाट शुरु भएको साईकल र्याली ड्यामसाईड—लेकसाइड हुँदै हल्लनचोक—जिरोकिलोमिटर—मालेपाटन—बाग्लुङ्ग बस पार्क हुँदै बिन्दवासिनी मन्दिर—भैरवटोल—नालामुख—तेर्सापट्टी हुँदै महेन्दपुल—चिप्लेढुङ्गा हुँदै न्यूरोड—सभागृहचोक हुँदै पृथ्वीचोक—नागढुङ्गा—पुरानो एयरपोर्ट तथा पार्दी हुँदै पुन कोटीहोम स्थल बिरौटामा गइ समापन हुने मानवसेवा फाउण्डेशनले जनाएको छ ।

स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवद्र्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने, साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न र यसका माध्यमबाट पोखरा भ्रमण बर्ष २०२५ को विकासमा टेवा पुर्याउन साइकल र्याली फलदायी हुने महायज्ञका संकल्पकर्ता विजय कृष्ण मुर्ति महाराजले बताएका छन् ।

उनले सम्पूर्ण पोखरेलीहरुलाई उक्त साइकल र्‍यालीमा सहाभागिताको लागी हार्दिक निमन्त्रणा गर्दै अनुरोध समेत गरेका छन् ।

मानवसेवा फाउण्डेशनले यही बैशाख १२ गते मोटसाइकल र्‍याली, बैशाख १३ गते ट्याक्सी र्‍याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्‍याली गर्दै बैशाख १६ गते बृहत कशलयात्रा समेत गर्ने भएको छ ।

 

प्रकाशित मिति २०८२ वैशाख १० गते बुधबार १२:३५
हजुरको प्रतिक्रिया