२०८३ साउन २१ गते बिहीबार

बैशाखको अन्तिमसम्म शिक्षा विधेयक पारित हुन्छ : महेश बर्तौला

बैशाखको अन्तिमसम्म शिक्षा विधेयक पारित हुन्छ : महेश बर्तौला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १० गते बुधबार ०३:५०

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आगामी संसदको अधिवेशनमा शिक्षकका माग पूरा हुनेगरी विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् । बुधवार सभामुख देवराज घिमिरेले र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग...

काठमाडौं ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आगामी संसदको अधिवेशनमा शिक्षकका माग पूरा हुनेगरी विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् ।

बुधवार सभामुख देवराज घिमिरेले र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग भएको छलफलबारे पत्रकारहरुलाई जानकारी दिँदै उनले यस्तो बताएका हुन् । उनले वैशाख १२ गतेदेखि शुरु हुने बजेट अधिवेशनबाटै शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गरे । संसद अधिवेशनको नियमित कार्यसूचीका नीति तथा कार्यक्रमलाई केही दिन होल्ड गरेर भए पनि शिक्षा विधेयक पारित गर्ने उनको भनाइ छ । उनले शिक्षा उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयक समितिमा पुगेपछि संसदमा आउन वैशाख महिनाको अन्तिम सातासम्म लाग्नसक्ने बताए । ऐन कानून निर्माणको आफ्नै विधि र प्रक्रिया रहेकाले केही समय लाग्ने उनले बताए । उनले शिक्षकहरुमा शिक्षाप्रतिको जवाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आग्रह शिक्षकहरुसँग गरे । सरकारले जनाएको प्रतिबद्धतालाई शिक्षकहरुले सकारात्मक ढंगले ग्रहण गर्नुपर्ने उनको भनाइ छ ।

अहिले संसदले बनाएको समितिले बनाएको उपसमितिले प्राप्त गरेको समयसीमालाई ख्याल गरेर अहोरात्र काम गरिरहेको उनले बताए । सरकारको तर्फबाट आवश्यक प्रभावकारी संयोजन भइरहेको पनि उनले बताए ।

प्रकाशित मिति २०८२ वैशाख १० गते बुधबार ०३:५०
हजुरको प्रतिक्रिया