२०८३ असोज २७ गते मंगलबार

उपप्रधानमन्त्री सिंहसँग युएईका समकक्षी नाह्यानको भेट

उपप्रधानमन्त्री सिंहसँग युएईका समकक्षी नाह्यानको भेट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १० गते बुधबार ०४:३०

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र युएईका उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधवार काठमाडौंको एक होटलमा दुई नेताहरुबीच...

काठमाडौं ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र युएईका उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बुधवार काठमाडौंको एक होटलमा दुई नेताहरुबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा व्यापार, श्रम र श्रमिकका साथै आर्थिक सम्बन्ध र जलवायु परिवर्तनका विषयमा छलफल भएको छ । उपप्रधानमन्त्रीसँगै नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

नाह्यान नेतृत्वको प्रतिनिधिमण्डल र उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ताका क्रममा युएईमा रहेका नेपाली श्रमीक र श्रमबजारको बारेमा विशेष छलफल भएको छ । नाह्यान दुई दिने नेपाल भ्रमणका क्रममा मंगलबार नेपाल आएका हुन् । उपप्रधानमन्त्री नाह्यानका साथ युएइका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायकमन्त्री अब्दुल्ला बलाला, नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी र युएई सरकारका अन्य वरिष्ठ अधिकारीहरू हुनुहुन्छ ।

उपप्रधानमन्त्री नाह्यान नेतृत्वको प्रतिनिधिमण्डल बुधबार नै युएई प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति २०८२ वैशाख १० गते बुधबार ०४:३०
हजुरको प्रतिक्रिया