२०८३ साउन २१ गते बिहीबार

बजेट अधिवेशनमा सशक्त भुमिका निभाउन पार्टीका सांसदहरुलाई अध्यक्ष दाहालको निर्देशन

बजेट अधिवेशनमा सशक्त भुमिका निभाउन पार्टीका सांसदहरुलाई अध्यक्ष दाहालको निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ११ गते बिहीबार ११:३१

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले बजेट अधिवेशनमा पार्टीको भुमिकालाई प्रभावकारी बनाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । बिहीवार पार्टीको संसदीय...

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले बजेट अधिवेशनमा पार्टीको भुमिकालाई प्रभावकारी बनाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

बिहीवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष दाहालले बैशाख १२ गतेबाट शुरु हुने वर्षे अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट भुमिका खेल्न दिर्नेशन दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै आफ्नो दलको तर्फबाट प्रतिनिधि सभामा र राष्ट्रिय सभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बताए । उनले बैठकमा अध्यक्ष दाहालले नीति तथा कार्यक्रम, प्रि बजेट लगायतका विषयवस्तु र बजेटका बारेमा जनताका भावनालाई समेटेर आवाज उठाउन निर्देशन दिएको जानकारी दिए । शिक्षकहरुका मागहरु सम्बोधन गर्नका लागि पार्टीले विद्यालय शिक्षा विधेयक अगाडि बढाउन दबाब दिने र साथै संघीय निजामति विधेयकलाई पनि यथाशिघ्र अघि बढाउन दबाब दिने विषयमा छलफल भएको समेत उनको भनाइ थियो ।

बैठकले विद्यालय शिक्षा विधेयक जारी गर्नका लागि र शिक्षकका समस्या समाधानका लागि प्रतिपक्ष दलहरुको तर्फबाट अरु प्रतिपक्ष दलहरुसँग सहकार्य गरेर छलफल गर्ने र शिक्षकहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ । शिक्षकहरुलाई सडकमा राख्न नहुने र सरकारले गैरजिम्मेवारी देखाइरहेको माओवादीको ठहर छ । संघीय निजामति विधेयकलाई पनि संसदबाट पारित गरेर संघीयता कार्यान्वयन लगायत स्थानीय तह, प्रदेश सरकार सबैमा भएका कामहरुलाई तिब्रताका साथ अघि बढाउनेमा पहलकदमी लिने निर्णय माओवादीले गरेको छ । प्रमुख सचेतक पाण्डेले जनतासँग माओवादी अभियानलाई बैशाख १७ गते कञ्चनपुर लगेर अन्त्य गर्ने र जनताका अपेक्षाहरु सदनमा खरो रुपमा राख्ने निर्णय भएको जानकारी दिए ।

माओवादी केन्द्रले जनताको आवाजलाई अगाडि बढाउने बारेमा बैठकमा छलफल भएको जनाएको छ । गोरखा भूकम्पको १० वर्षको स्मरणमा पार्टी अध्यक्ष दाहाल गोरखा जाने कार्यक्रम रहेको बताएको छ । साथै गोरखाबाट फर्किएर आएपछि प्रतिपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति २०८२ वैशाख ११ गते बिहीबार ११:३१
हजुरको प्रतिक्रिया