२०८३ साउन २१ गते बिहीबार

आज भूकम्प स्मृति दिवस

आज भूकम्प स्मृति दिवस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १२ गते शुक्रबार ०९:२१

  पोखरा । आज वैशाख १२ गते, भूकम्प स्मृति दिवस । २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको विनासकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ । त्यति बेला गएको विनाशकारी भूकम्पमा परि आठ हजार नौ सय...

‘सुरक्षित पूर्वाधार निर्माण गरौँ भूकम्पबाट जोगिऔ’ भन्ने सन्देशसहित दिवस मनाइँदै

 

पोखरा ।

आज वैशाख १२ गते, भूकम्प स्मृति दिवस । २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको विनासकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ ।

त्यति बेला गएको विनाशकारी भूकम्पमा परि आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार तीन सय ९ घाइते भएका थिए ।

त्यही विनाशकारी भूकम्पको स्मृतिमा आज ‘सुरक्षित पूर्वाधार निर्माण गरौँ भूकम्पबाट जोगिऔ’ भन्ने सन्देशसहित भूकम्प स्मृति दिवस मनाइँदैछ ।

भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन । सङ्घीय राजधानी काठमाण्डौ उपत्यकासहित पहाडी गाउँका पाखापखेरामा भत्किएका कतिपय घरहरू अझै ठडिन सकेका छैनन् ।

भूकम्पका कारण भत्किएका कतिपय निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन् ।

भूकम्पले झन्डै १० लाख निजी आवास, सात हजार पाँच सय ५३ विद्यालय, पाँच सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति भएको थियो ।

यसैगरी चार सय १५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका एक सय ७० सम्पदासहित नौ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका तीन सय ८३ भवनमा क्षति पुगेको थियो ।

तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र दुई सय ९९ मानव बस्तीमा क्षति पुगेको थियो ।

शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक गरेको विवरणअनुसार निजी आवास पुनर्निर्माणतर्फ आठ लाख ३५ हजार एक सय ८५ लाभग्राही पहिचान भएकामा आठ लाख ३४ हजार दुई सय ६७ जनाले पहिलो किस्ता प्राप्त गरेका छन् ।

पहिलो किस्ता प्राप्त गर्नेमध्ये ९२ प्रतिशतले दोस्रो र दोस्रो किस्ता प्राप्त गर्ने मध्ये ८९ प्रतिशतले तेस्रो किस्ता पाएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालिन प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले स्रोत र जनशक्ति एथेस्ट नहुनु र प्रक्रियागत झन्झटका कारण समयमा पुनर्निर्माणको काम गर्न कठिन भएको बताए ।

 

प्रकाशित मिति २०८२ वैशाख १२ गते शुक्रबार ०९:२१
हजुरको प्रतिक्रिया