२०८३ कात्तिक ११ गते मंगलबार

आकस्मिकबाहेकका सेवा ठप्प पार्ने नेपाल चिकित्सक संघको घोषणा

आकस्मिकबाहेकका सेवा ठप्प पार्ने नेपाल चिकित्सक संघको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १२ गते शुक्रबार ०९:३२

संघका अनुसार आवासीय चिकित्सकहरूले अहिलेसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँ–ठाउँबाट धम्की आएकोले आन्दोलन गर्नुपरेको हो ।

काठमाडौं ।

नेपाल चिकित्सक संघले आज सबै निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवाबाहेक अरु सेवाहरूमा सहभागी नहुने घोषणा गरेको हो ।

संघका अनुसार आवासीय चिकित्सकहरूले अहिलेसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँ–ठाउँबाट धम्की आएकोले आन्दोलन गर्नुपरेको हो ।

निजी कलेज सञ्चालकहरुले निर्वाह भत्ता नदिएको भन्दै पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन् ।

चिकित्सकहरुले आफूहरुको श्रम शोषण भएको भन्दै हिजो पनि प्रदर्शन गरेका थिए । चिकित्सा शिक्षा आयोगले तय गरेको आठौँ तहको भत्ता दिनुपर्ने उनीहरुको माग छ ।

 

प्रकाशित मिति २०८२ वैशाख १२ गते शुक्रबार ०९:३२
हजुरको प्रतिक्रिया