२०८३ साउन २१ गते बिहीबार

प्रचण्ड लक्षित ओलीको टिप्पणीः देउवाजीले सरकार ढल्दैन भनेपछि पुर्पुरोमा हात लगाएर खुई गर्दै बसेका छन्

प्रचण्ड लक्षित ओलीको टिप्पणीः देउवाजीले सरकार ढल्दैन भनेपछि पुर्पुरोमा हात लगाएर खुई गर्दै बसेका छन्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १३ गते शनिबार ०४:०२

प्रधानमन्त्री ओलीले नेपालको यही भूबनावटले नेपाललाई सधैँ स्वाधीन राखेको बताए ।

काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्ला गर्नेहरु पुर्पुरोमा हात लगाउन थालेको बताएका छन् ।

शनिवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गरेका हुन् । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा आए लगत्तै सरकार ढल्छ भन्ने गरेकोप्रति लक्षित गर्दै अहिले पुर्पुरोमा हात लगाएर बस्ने गरेको टिप्पणी गरे ।

उनले सरकार परिवर्तनको हल्ला फिँजाउन जरुरी नरहेको बताए । उनले हल्लाखोरको पछाडि लाग्न नहुने भन्दै मिसन २०८४ मा लाग्न पार्टीका नेता÷कार्यकर्ताहरुसँग आग्रह गरे । विमानस्थलमा सभापति देउवाले सरकार ढल्दैन भनेसँगै अहिले पुर्पुरोमा हात लगाएर सुस्केरा हाल्दै बस्ने गरेको उनले जिकिर गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको परिस्थितिको बारेमा मैले केही भन्नुपर्छ जस्तो लाग्दैन । हिजोसम्म आगै बाल्न खोजेका थिए । शेरबहादुर देउवाजी फर्किएर आउने बित्तिकै सरकार ढल्छ, भनेर एयरपोर्टबाटै पो ढल्छ की, आइपुग्ने बित्तिकै, ओर्लिने बित्तिकै ढल्छ की जस्तै पारेका थिए । ढल्यो, ढल्यो, ढल्यो, ढल्यो, ढलिहाल्यो अब बाङ्गिसकेको छ । शेरबहादुर देउवाजी आइपुगेपछि ढलिहाल्छ भनेर । अस्तिका दिन मैले साथीहरुलाई भनेँः यो भ्रम फिँजाउने तत्वहरुले हल्ला गरिरहन्छन्, भ्रम फिँजाइरहन्छन् । यसको पछाडि नकुद्नुस् है साथीहरु । काममा लाग्नुस्, मिसन ०८४ मा लाग्नुस्, चुनाव लाग्नुस् । यो सरकार ढल्दैन भन्यो, ढल्छ भन्छ फेरि अर्कोले कहाँ पुगेर । ढल्दैन भनिसकेपछि सिद्धियो नि । हामी भनिरहेका छौँ, ढल्दैन । फेरि के त्यस्ता हल्लाखोरहरुका कुराहरुका पछाडि किन कुदिरहने ? त्यसकारण मिसन ०८४ मा लाग्नुस्, चुनावमा लाग्नुस् । अहिलेदेखि चाहिने काममा लाग्नुस् । हल्लामा नलाग्नुस् । सरकार ढल्छ की रहन्छ की यसमा नलागनुस् तपाईंहरु । त्यसको जिम्मा हामीलाई छोडिदिनुस् । आफ्नो काम गर्नुस्, चुनावका पछि लाग्नुस् भनेपछि प्रधानमन्त्रीले नै आश मारिसकेछन् । भनेर त्यता व्याख्या गरे । प्रधानमन्त्रीले भनेका कुराले तरंग ल्यायो । नेपाली भाषा बुझ्दैनन् कि । त्यसकारण यस्ता कुरामा मैले भनिरहन परेन । शेरबहादुरजीले आइपुग्ने बित्तिकै हिजै जवाफ दिनुभयो । खुई गरेर, पुर्पुरामा हात लगाएर फेरि विचराहरु थचक्क बसे । हल्ला गर्नेहरु । त्यत्ति चाहिएको रहेछ । शेरबहादुरजीले सरकार ढल्दैन भन्दिएपछि खत्र्याक्कै हुँदा रहेछन्, थुचुक्कै । पुर्पुरोमा हात लगाएर । विदेशतिर कति हेर्नसक्दा भन्या ।’

प्रधानमन्त्री ओलीले नेपालको यही भूबनावटले नेपाललाई सधैँ स्वाधीन राखेको बताए ।

प्रकाशित मिति २०८२ वैशाख १३ गते शनिबार ०४:०२

हजुरको प्रतिक्रिया