२०८३ कात्तिक ११ गते मंगलबार

गोरखामा चट्याङ लागेर एक व्यक्तिको मृत्यु

गोरखामा चट्याङ लागेर एक व्यक्तिको मृत्यु

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ वैशाख १५ गते सोमबार ०९:११

गोरखा । गोरखा जिल्ला शहिदलखन गाउँपालिका–१ बक्राङमा चट्याङ लागेर एक व्यक्तिको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आइतबार बेलुकी करिब ७:५० बजे घरमै बसेका ४२ वर्षीय राजु खनाललाई अचानक परेको चट्याङले गम्भीर घाइते...

गोरखा ।

गोरखा जिल्ला शहिदलखन गाउँपालिका–१ बक्राङमा चट्याङ लागेर एक व्यक्तिको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आइतबार बेलुकी करिब ७:५० बजे घरमै बसेका ४२ वर्षीय राजु खनाललाई अचानक परेको चट्याङले गम्भीर घाइते बनाएको थियो । घटनापछि इलाका प्रहरी कार्यालय मनकामनाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

घाइते खनाललाई तत्कालै उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको थियो । तर, अस्पतालमा लगिएको केही समयमै राति १०:४० बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिएका छन् । मृतकको शव पोष्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८२ वैशाख १५ गते सोमबार ०९:११
हजुरको प्रतिक्रिया