२०८३ साउन २१ गते बिहीबार

भारतमा गाडी इनारमा खस्दा १२ जनाको मृत्यु

भारतमा गाडी इनारमा खस्दा १२ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १६ गते मंगलबार ०९:५५

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई २ लाख भारतीय रुपैयाँ आर्थिक क्षतिपूर्ति घोषणा गरेका छन् ।

एजेन्सी\सिन्ह्वा ।

भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको छ ।

मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको प्रहरीले पुष्टि गरेको हो ।

दुर्घटना हुँदा पीडितहरू मन्दिरतिर जाँदै थिए । गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो ।

त्यसपछि चालकले नियन्त्रण गुमाएपछि नजिकैको इनारमा खसेको थियो । बाइक चालकको तत्काल निधन भएको बताइएको छ ।

गाडीमा सवारहरूलाई बचाउन इनारमा हाम फाल्ने एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई २ लाख भारतीय रुपैयाँ आर्थिक क्षतिपूर्ति घोषणा गरेका छन् ।

प्रकाशित मिति २०८२ वैशाख १६ गते मंगलबार ०९:५५
हजुरको प्रतिक्रिया