२०८३ साउन २१ गते बिहीबार

एनआरएनए फुटाउने खेलमा नलाग्न महाधिवेशन प्रतिनिधिहरुको चेतावनी

एनआरएनए फुटाउने खेलमा नलाग्न महाधिवेशन प्रतिनिधिहरुको चेतावनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १६ गते मंगलबार १२:४४

काठमाडौं । गैरआवासीय नेपाली संघको एकता महाधिवेशनका लागि नेपाल आएका प्रतिनिधिहरुले महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिएका छन् । वर्तमान समयमा नेपालका राजनीतिक दलहरुले एनआरएनएका विषयमा फरक—फरक तरिकाबाट व्याख्या गरिदिएकाले...

काठमाडौं ।

गैरआवासीय नेपाली संघको एकता महाधिवेशनका लागि नेपाल आएका प्रतिनिधिहरुले महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।

वर्तमान समयमा नेपालका राजनीतिक दलहरुले एनआरएनएका विषयमा फरक—फरक तरिकाबाट व्याख्या गरिदिएकाले पनि यो महाधिवेशन विशेष रहेको उनीहरुको भनाइ छ । मंगलवार नेपाल आएका युरोपका प्रतिनिधिहरुले नेपालको कानूनले दिएका सम्पूर्ण प्रक्रिया पूरा गरी महाधिवेशन सफल बनाउने बताएका छन् । बाध्यात्मक अवस्थामा महाधिवेशन गर्नुपर्ने भएकाले सञ्चारकर्मी, राजनीतिक दल, नागरिक समाजलगायत संवद्ध सबैलाई महाधिवेशन सफल बनाउन उनीहरुको आग्रह छ ।

साथै प्रतिनिधिहरुले संस्थापक सदस्य या अन्य जो कोही भएपनि कुनैपनि बहानामा एनआरएनए फुटाउने खेलमा नलाग्न संवद्ध सबैलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति २०८२ वैशाख १६ गते मंगलबार १२:४४
हजुरको प्रतिक्रिया