२०८३ साउन २१ गते बिहीबार

कक्षा १२ को परीक्षा वैशाख २१ देखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुन

कक्षा १२ को परीक्षा वैशाख २१ देखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १९ गते शुक्रबार ०९:३३

नेपाल शिक्षक महासंघ आन्दोलनका कारण परीक्षाको मिति सारिएको थियो । महासंघसँग सहमति भएकाले अब भने निर्धारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख २१ देखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ ।

परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै बोर्डले भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरेको छ ।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो ।

नेपाल शिक्षक महासंघ आन्दोलनका कारण परीक्षाको मिति सारिएको थियो । महासंघसँग सहमति भएकाले अब भने निर्धारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको र आधिकारिक सूचना वेबसाइटमार्फत सार्वजनिक हुने पनि स्पष्ट पारेको छ ।

बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित तवरले सम्पन्न गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवं सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सरोकारवालाहरुसँग आग्रह पनि गरेको छ ।

प्रकाशित मिति २०८२ वैशाख १९ गते शुक्रबार ०९:३३
हजुरको प्रतिक्रिया