२०८३ कात्तिक ११ गते मंगलबार

भारतको केआईआईटीमा फेरी अर्की एक नेपाली विद्यार्थी मृत फेला

भारतको केआईआईटीमा फेरी अर्की एक नेपाली विद्यार्थी मृत फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १९ गते शुक्रबार ०९:४३

वीरगञ्ज घर भएकी नेपाली छात्रा प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

पोखरा ।

भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा फेरी अर्की एक नेपाली विद्यार्थी छात्रावासमा मृत फेला परेकी छिन् ।

विश्वविद्यालय प्रशासनलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासले उक्त घटनाको पुष्टि गरेको हो ।

वीरगञ्ज घर भएकी नेपाली छात्रा प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

उनी केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलमा रहेको आफ्नै कोठामा मृत फेला परेको बताइएको छ ।

विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारी अनुसार अहिले प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

यसअघि गत फागुन ४ गते केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ ।

एबीभीपीले विज्ञप्ति निकारले केआईआईटी मा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको जनाएको छ ।

 

प्रकाशित मिति २०८२ वैशाख १९ गते शुक्रबार ०९:४३
हजुरको प्रतिक्रिया