२०८३ साउन २१ गते बिहीबार

सरकारले सातै प्रदेशमा सघन जलन उपचार र मुटुरोग सेवा विस्तार गर्ने

सरकारले सातै प्रदेशमा सघन जलन उपचार र मुटुरोग सेवा विस्तार गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २० गते शनिबार ०९:११

नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरू सञ्चालन गरिने उल्लेख छ । यस्तै सरकारले हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिंग महिना घोषणा गरी कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।

काठमाडौं ।

सरकारले सातै प्रदेशमा सघन जलन उपचार र मुटुरोग सेवा विस्तार गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा हिजो सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरू सञ्चालन गरिने उल्लेख छ । यस्तै सरकारले हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिंग महिना घोषणा गरी कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।

नीति तथा कार्यक्रममा क्यान्सर तथा मिर्गौला प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गर्ने, पाठेघर क्यान्सरको एचपीभी खोप र १४ वर्षमुनिका बालबालिकाहरूका लागि निःशुल्क क्यान्सर उपचार सेवा उपलब्ध गराइने उल्लेख छ ।

यस्तै सरकारले मस्तिष्क, मेरुदण्ड, मानसिक र स्नायु रोग उपचारका लागि काठमाण्डौमा अत्याधुनिक राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गर्ने भएको छ ।

प्रकाशित मिति २०८२ वैशाख २० गते शनिबार ०९:११
हजुरको प्रतिक्रिया